Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तीन दिन बदली र वर्षाको सम्भावना

काठमाडौंः देशका पहाडी भेगमा आगामी ३ दिन बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रको मौसम भने आगामी ३ दिन नै सफा रहने महाशाखाको प्रक्षेपण छ ।

महाशाखाका मौसमविद्हरूका अनुसार, देशको पूर्वी भू–भागमा शुक्रबार दिउँसो आंशिकदेखि सामान्य बदली हुने योग रहेको छ । मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली हुने र पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, शुक्रबार राति पनि पहाडी भेगको मौसम सफा हुने छैन । यसका एक दुई स्थानमा वर्षा हुने योग छ ।

पहाडी भू–भागको मौसम शुक्रबार जस्तै शनिबार पनि धमिलिने छ । मौसमविद्हरूका अनुसार, शनिबार दिउँसो तथा राति आंशिक बदली रही एक दुई स्थानमा वर्षा हुने छ । एक दुई स्थानमा वर्षा हुने महाशाखाले जनाए पनि ती स्थान कुन हुन् भनेर महाशाखाले तोकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनका अनुसार, आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भागको आइतबारको मौसम भने सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: