सन्दीपआवद्ध बार्बाडोस सीपीएलको फाइनलमा

काठमाडौंः नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध बार्बाडोस ट्राइडर्स वेष्ट इन्डिजमा जारी क्यारेबिनयन प्रिमियर लिग (सीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

आज ट्रिनबागो नाइट राइडर्सलाई १२ रनले हराउँदै बार्बाडोस फाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार बिहान सन्दीपआवद्ध बार्बाडोसले दिएको १६१ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  नेपालका ४ खेलाडी समावेश सीपीएलको ड्राफ्ट शुरु (LIVE )

उसका लागि सेकगुजे प्रसानाले ५१, कप्तान किरण पोलार्डले २३, दिनेश रामदिनले २१, सुनिल नारायणले १७, काेलिन मुनरोले १६ रन बनाए ।

बलिङमा बार्बाडोसका रेमन रेफर, हेडेन वाल्स, ह्यारी गनी, एश्ले नर्सले २–२ र कप्तान जसन होल्डरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको ट्राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो ।

याे पनि पढ्नुस  सीपीएलः पहिलो खेलमा सन्दिप आवद्ध प्याट्रियट्स पराजित

उसका लागि जनसन चार्ल्सले ३५, साई होपले २३, शाकिव अल हसनले १८, एलेक्स हेल्स, जेपी डुमिनी (रिटायर्ड हर्ट) ले १०–१० रन बनाए ।

यस्तै रमेन रेफर र एश्ले नर्सले नटआउट २४–२४ रन बनाए ।

बलिङमा नाइट राइडर्सका अलि खान, क्रिस जोर्डन, खरी पिर्रेले समान २ विकेट लिए ।

याे पनि पढ्नुस  सीपीएलः सन्दिपको तेस्रो ओभर पनि उत्कृष्ट, मात्र एक रन खर्च ! [LIVE]

बार्बाडोस र वारियर्सबीचको फाइनल खेल १३ अक्टुबर हुने छ ।

सिंगापुरमा भएको नेपालसहितको त्रिकोणात्मक सिरिजका कारण सन्दीपले भने सीपीएलको सेमिफाइनल खेल्न पाएनन् । उनले जारी सिरिजनमा ६ खेलमा ८ विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्