स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौंः सिंगापुरमा त्रिकाेणात्मक र ओमानमा ५ देशबीच भएको टी–२० सिरिज खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।

शुक्रबार बिहान स्वदेश पुगेको नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरे ।

सिंगापुरमा भएको त्रिकाणात्मक सिरिजमा जिम्बाब्वेसँग हार र सिंगापुरविरुद्ध जित निकालेको नेपाली टिमले ओमानमा २ खेलमा हार र २ खेलमा जीत हासिल गर्न सफल भयो ।

ओमानमा नेपालले नेदरल्याण्ड्स र हङकङलाई हराउँदा आयरल्याण्ड र ओमानसँग पराजित हुन पुग्याे । सिंगापुरमा जिम्बाब्वेविरुद्ध नेपाल दुवै खेलमा पराजित भयो ।

सिंगापुरविरुद्ध भने ९ विकेटको शानदार जीत हासिल गरेको थियो । सिंगापुरसँगको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्