युवती बलात्कार आरोपमा अटो चालक पक्राउ

महेन्द्रनर– कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा यात्रु युवतीलाई बलात्कार गर्ने अटो चालकलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

बिहीवार राति साढे नौ बजे पुनर्वास नगरपालिका–७ का ३१ वर्षीय अटो चालक भरतसिंह महराले पुनर्वास ९ कि १८ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

माइतीघरबाट घर फर्कदै गरेकी महिलालाई अटो चालक महराले पुनर्वास नगरपालिका ‘क’गाउ र ख गाउँको बीचमा पर्ने जनजागरण सामुदायिक वन भित्र लागि जबर्जस्ती करणी गरेका थियो ।

महिलाले गुहार मागे पछि स्थानीयले खोजी गरि अटो चालक महरालाई प्रहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

जबर्जस्ती करणीमा संलग्न रहेको महरालाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखी अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक सिंहले बताए । महिला माइतीघर महेन्द्रनगर बाट घर आउने क्रममा डोकेबजारदेखि महराको अटोमा आएकी थिइन

कमेन्ट गर्नुहोस्