सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो, सबैको सनाखत

मेलम्ची– जिल्लाको इन्द्रावती गाउँपालिका–१० मा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ।

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो।

याे पनि पढ्नुस  दाङमा बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

५० बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए। क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुनसक्ने देखिन्छ। दुर्घटनामा घाइते धेरै भएको अनुमान छ।

याे पनि पढ्नुस  खोटाङमा यात्रुवाहक बस दुर्घटना, १२ जना घाइते

थप विवरण आउन बाँकी रहेको प्रनाउ काफ्लेले जानकारी दिए। दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आचार्यले बताए।

स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उनले जानकारी दिए। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ७ को मात्रै सनाखत

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको नेपालले जानकारी दिए। हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।

 

कमेन्ट गर्नुहोस्