काठमाडौंः भारतीय क्रिकेट टिमका पूर्वकप्तान अनिल कुम्बले इण्डियन प्रिमियर लिग (आईपीएल) को आउँदो सिजनमा किङ्स–११ पञ्जाबका प्रशिक्षक बन्ने पक्का भएको छ ।
कुम्बलेलाई न्यूजिल्याण्डका माइक हेसनको स्थानमा पञ्जाबले प्रशिक्षकमा नियुक्त गर्न लागेको हो । हेसनलाई रोयल च्यालेन्जर्स बैंग्लोरले यस सिजनका लागि डाइरेक्टर बनाएको छ।
कुम्बले सन् २०१६ देखि २०१७ सम्म भारतीय क्रिकेट टीमको समेत मुख्य प्रशिक्षक थिए।
किङ्स–११ पञ्जाबका सह–मालिक मोहित बर्मनका अनुसार पञ्जाबले कुम्बलेलाई क्रिकेटसँग जोडिएको सबै विषयको प्रमुखको रुपमा नियुक्त गरेको हो ।
कुम्बले आगामी आईपीएल एक मात्र भारतीय प्रशिक्षक हुने छन्। अन्य टोलीमा विदेशी प्रशिक्षक छन्।
यस्तै किङ्स–११ पञ्जाबले पूर्वकप्तान जर्ज बेलीलाई टीमको ब्याटिङ्ग प्रशिक्षक बनाएको छ। पञ्जाबले बेलीको कप्तानीमा सन् २०१४ मा आईपीएलको फाइनल खेलेको थियो।