रेखा थापाले भनिन्, ‘चिनियाँ राष्ट्रपति सी विश्वकै दूरदर्शी नेता’

काठमाडौंः अभिनेत्री रेखा थापाले चिनियाँ राष्ट्रपति सी चिनपिङ विश्वकै दूरदर्शी नेता भएको बताएकी छन्।

शनिबार नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका राष्ट्रपति सीलाई स्वागत गर्दै अभिनेत्री थापाले उनी विश्वकै दूरदर्शी अभियन्ता र नेता भएको बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेत्री थापाले भनेकी छन्, ‘विश्वका सर्वाधिक दूरदर्शी सपनाको अभियन्ता, नेता चिनिया प्रेसिडेन्ट सी चिनफिङलाई नेपालमा स्वागत छ। नेपाल चाइना मित्रता अमर रहोस्।’

विश्वका सर्वाधिक दुरदर्शी सपनाको अभीयन्ता,नेता ,China's President सि जिन पिङ लाई नेपालमा स्वागत छ । नेपाल चाइना मित्रता अमर रहोस् !!!

Posted by Rekha Thapa on Friday, October 11, 2019

कमेन्ट गर्नुहोस्