काँग्रेस सांसद अफताब आलम पक्राउ

रौतहट– रौतहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो ।

याे पनि पढ्नुस  लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ । रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुई नेपाली युवा त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

याे पनि पढ्नुस  जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

तर, प्रहरीले आलमविरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गरेको थिएन ।

याे पनि पढ्नुस  श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

आलम काँग्रेसका पूर्व जिल्ला सभापति र पूर्व वनमन्त्री पनि हुन् ।

कमेन्ट गर्नुहोस्