राष्ट्रपति भण्डारीद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुरः बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीकाप्रसाद ग्रहण गरेकी छन् ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।

याे पनि पढ्नुस  राष्ट्रपतिबाट २ सय ३३ जना कैदीको सजाय मिनाहा

त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेकी थिइन् । विगतका वर्षहरुमा दर्शन गरेर प्रसाद ग्रहण गरी फर्कने गरे पनि यस वर्ष भने राष्ट्रपति भण्डारीले नवदुर्गा नाचसमेत अवलोकन गरेकी थिइन् ।

राष्ट्रपतिसमक्ष नवदुर्गा नाचअन्तर्गत देवगणहरु श्याम वनमालाले गणेश, अनिल वनमालाले ब्रम्हायणी, मंगलाल वनमालाले महेश्वरी, लक्ष्मीप्रसाद वनमालाले कुमारी र शिवकृष्ण वनमालाले भद्रकालीको नाच प्रर्दशन गरेका थिए ।

याे पनि पढ्नुस  शपथ लगत्तै उद्योगमन्त्री भट्टद्धारा शहीद स्मारकमा माल्यार्पण

राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही १००५ रुपैयाँका दरले दक्षिणा दिएकी थिइन् । अपरान्ह पौने ५ बजे मन्दिर पुगेकी राष्ट्रपति भण्डारी पौने एकघण्टामा फर्किएकी थिइन् ।

कमेन्ट गर्नुहोस्