कतार नेपाली एकता समाज सहानीय एरिया समितिद्वारा रवि कुमाललाई आर्थिक सहयोग

उद्धव मगर, दोहाः कतार नेपाली एकता समाज सहानीया एरिया समितिले घाइते रवि कुमाललाई आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेको छ ।

झापाको बुद्धासन्ति गाउँपालिका–५ मा स्थाई बसोबास गर्ने रबि गत साउनमा दुर्घटनामा परेका थिए ।

धुलाबारीबाट ट्रयाक्टरमा चढी घर आउँदै गर्दा अचानक ट्याक्टरबाट खसेका कुमाललाई ट्याक्टरको पछाडिको चक्काले गम्भीर घाइते बनाएको थियो ।

याे पनि पढ्नुस  एनआरएन एनसीसी कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी घोषणा

कुमालको पारिवारिक अवस्था पनि कमजोर भएको हुँदा उपचारको लागि कतार नेपाली एकता समाजले सहयोगका लागि अभियान थालेको थियो ।

त्यहीअनुसार सहानिया एरिया समितिका सचिव सरोज लावतीको विशेष पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो ।

लक्ष्मण लामिछाने, तेज बहादुर कार्की, मुरारी पराजुली, विकास गुप्ता, जीवन कुमाल, प्रेम गुरुङ, इन्द्र विक, नवीन दंगाल, नवीन कुमार चौहान, कपील दमाईले घाइते कुमाललाई सहयोग गरेका थिए ।

याे पनि पढ्नुस  २० नेपाली कामदारलाई कतारले फर्कायो

उनीहरुले ८ सय ६६ कतारी रियाल घाइते कुमाललाई नेपाल पठाइएको समाजका सचिव सरोज लावतीले जानकारी दिए । उनले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

कमेन्ट गर्नुहोस्