अमेरिकामा कार दुर्घटना, २ नेपालीको मृत्यु

बोस्टन– अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा २ नेपालीको पनि ज्यान गएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। कारस्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचले जनाएको छ ।

२२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ) को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए।

अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो।

स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो। स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो।

कमेन्ट गर्नुहोस्