भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली, अमित शाहका छोरा सचिव

नयाँ दिल्ली, भारतीय क्रिकेट टिमका कप्तान सौरभ गांगुली बिसिसिआईको अध्यक्ष बनेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई निकै शक्तिशाली संस्थाको रुपमा हेरिन्छ ।

पूर्व अध्यक्ष एन श्रीनवासनका समर्थक पूर्व क्रिकेटर बृजेश पटेल समेत अध्यक्षका दावेदार भए पनि सौरभ गांगुली अध्यक्ष बनेका हुन् ।

समाचारका अनुसार, गृहमन्त्री अमित शाहका छोरा जय शाह बोर्डका सचिव बनेका छन् । यसैगरी केन्द्रीय मन्त्री र पूर्व बिसिसीआई अध्यक्ष अनुराग ठाकुरका भाई अरुण धुमिल कोषाध्यक्ष बनेका छन् ।

भारतीय टीमका पूर्व कप्तान गांगुलीले औपचारिक घोषणा अगाडि नै केही राम्रो गर्ने सुनौलौ अवसर पाइएको बताएका छन् ।

“यो केही नयाँ गर्ने सुनौलो अवसर हो । उनले भने, “किनभने अहिले यस्तो बेला मैले जिम्मेवारी लिइरहेको छ, जतिखेर बिसिआिईको छवि निकै खराब भएको छ ।

यसको औपचारिक घोषणा भने अहिले तीन बजे हुने भएको छ ।

कमेन्ट गर्नुहोस्