डोटीमा जिप दुर्घटना, एक जनाको मृत्यु

दिपायलः डोटीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिका–५ का २१ वर्षीय केशव ओझा रहेका छन्।

जिपचालक समेत रहेका ओझाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिपमा सवार अन्य ४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

याे पनि पढ्नुस  बिरामी बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते

डोटीको दीपायलबाट शिखर नगरपालिका तिजाली चुडीका लागि छुटेको ग१ज ६१७० नम्बरको बोलेरो जिप आज बिहान साढे ३ बजे तिजाली चुडी नजिक दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटना रातीको समयमा भएको हुनाले कसरी भयो भन्ने कारण खुल्न नसकेको डोटी प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  डोटीको एक वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

फाइल फाेटाे

कमेन्ट गर्नुहोस्