सांसद आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

काठमाडौं– १४ जनाको हत्याको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ ।

मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गर्ने अनुमति दिएको हो।

याे पनि पढ्नुस  रौतहटमा बम विस्फोटः १८ दिनपछि मात्रै मुचुल्का उठाएको रहस्य सार्वजनिक

आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते ९आइतबार० रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

याे पनि पढ्नुस  ‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरे ‘सांसद’ आलमले

विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।

उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।

आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्ने छन्। साथै, अदालतले दोषी ठहर गरे उक्त पद रिक्त हुनेछ।

याे पनि पढ्नुस  ‘सिद्धबाबा’लाई फेरि तीन दिनको म्याद थप

कमेन्ट गर्नुहोस्