पाकिस्तान जाने नदीको पानी रोक्ने मोदीको घोषणा

हरियाणा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट पाकिस्तानतर्फ बग्ने नदीको पानी रोक्ने घोषणा गरेका छन् ।

हरियाणामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानका विरुद्ध पानीमा सर्जिकल स्ट्राइक गर्ने घोषणा गरेका हुन ।
पानी रोक्ने विषयमा काम भइरहेको र छिट्टै नै त्यहाँ गइरहेको पानी रोकिने उनले बताए । पाकिस्तानतर्फ हरियाणा, पञ्जाब र राजस्थानबाट नदीहरु बग्ने गर्दछन् ।
जम्मु कश्मिरको आतंकवादको चर्चा गर्दै मोदीले यो युद्द कति लामो जाने हो ? भनेर प्रश्न समेत गरे । हिन्दुस्तान र हरियाणाका किसानको हकको पानी ७० वर्षदेखि पाकिस्तान गइरहेको बताउँदै मोदीले अब पानी रोकिने बताए । “यो पानी अब तपाईको मोदीले रोक्नेछ र तपाईको घरसम्म ल्याउने छ । उनले दादरी सभामा भने, “यो पानीमा हिन्दुस्तानको हक छ र यो रोक्ने दिशामा काम भइरहेको छ । छिट्टै नै पाकिस्तान गइरहेका हाम्रा नदीको पानी किसानहरुलाई पाइनेछ ।

याे पनि पढ्नुस  मोदी सरकारविरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुँदै, प्रधानमन्त्री मोदीको भविष्य के होला ?

भारतले जम्मु र कश्मिरलाई संविधानले दिएको विशेष दर्जा खोसेपछि अहिले पाकिस्तानसँग सम्बन्ध तनावपूर्ण बनेको छ । यसअघि पाकिस्तानले आफ्नो आकाश मार्ग भारतका लागि प्रतिबन्ध लगाएको छ ।

भारतले पानी रोक्ने घोषणाले पाकिस्तानमा ठूलो प्रभाव पर्ने छ । कतिपयले यसले वार्ता र संवादको बाटो पूर्णरुपमा बन्द हुने र युद्दको परिस्थिति झन नजिक आउने विश्लेषण समेत गरेका छन् ।

याे पनि पढ्नुस  मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव भारी मतले अस्वीकृत

कमेन्ट गर्नुहोस्