भीम रावलले भने, ‘चीनसँगको सम्झौतामा सुदूरपश्चिमलाई हेला गरियो’

कैलाली– हालै नेपाल सरकार र चीनबीच भएको समझौताप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले तीव्र असन्तुष्टि पोखेका छन् ।

आफूले सुझाएको कुनै पनि माग समझौतामा उल्लेख नगरिएको र काठमाडौं वरिपरी मात्रै केन्द्रीत गरिएको भन्दै इन्चार्ज रावलले असन्तुष्टि पोखेका हुन् ।

मंगलवार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले भने, ‘मैले बालुवाटारमा भएको उच्चस्तरीय बैठकमा विकास निर्माण स्वदेशी वा विदेशी स्रोतबाट गर्ने भएपनि काठमाडौं वरिपरी सीमित राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेको थिएँ । तर फेरि पनि काठमाडौं वरिपरी सीमित पारिएको छ ।’

याे पनि पढ्नुस  नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको बैठक भत्ता नलिने

यहाँको पश्चिम सेती जलविद्युत आयोजना धेरै वर्षदेखि निर्माण गर्ने भनेर अलपत्र पारेर यसको भविष्य अनिश्चित पारिएको र सुदूरपश्चिमका सडक, जलविद्युत आयोजनाको सन्दर्भमा पनि ध्यान पुर्याउनुपर्नेमा कुनै सुनुवाई नभएको उनले आरोप लगाए ।

दार्चुलाको टिंकर नाका र बझाङको उरै नाका खोल्ने काम नभएकोले आफूले ति नाका खोल्न माग गरेपनि चीनसँगको भएको सहमति र सम्झौतामा केही पनि उल्लेख नभएको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

याे पनि पढ्नुस  फाल्गुनन्द गाउँपालिका उपचुनावः नेकपा उम्मेद्वारले लिए अग्रता

उनले भने, ‘चीनसँग भएको सहमति तथा सम्झौता त्यति न्यायोचित र नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक विकासको धारणा अनुरुप भएन कि मलाई लाग्छ ।’

‘नेकपा कैलाली अध्यक्ष रतन थापाको अश्लील अडियो प्रकरणबारे नेकपाले के गर्दैछ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता रावलले भने, ‘जुनसुकै व्यक्तिको बारेमा होस्, त्यो व्यक्तिको आचरण, जनप्रतिनिधिले पालना गर्नुपर्ने मार्यादा विपरितका कुनैपनि पनि क्रियाकलाप प्रमाणित भयो भने सम्बन्धित व्यक्तिलाई कारवाही गर्नेतर्फ पार्टीले गम्भीर ढंगले सोच्छ । तदनुकुल निर्णय पनि गर्छ ।’

याे पनि पढ्नुस  ‘समाजवादोन्मुख जनवाद’का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै

केही दिनअघि प्रदेश सभा सदस्य समेत रहेका नेकपा अध्यक्ष थापा र एक महिलाबीच भएको अश्लील अडियो संवाद बाहिरिएको थियो । लोकान्तर डटकमबाट

कमेन्ट गर्नुहोस्