चितवनमा गायक प्रताप दासले प्रस्तुति दिने

चितवन– नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअफ प्रताप दासले चितवनको भरतपुरमा प्रस्तुति देखाउने भएका छन् ।

भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा गायक प्रताप दासले प्रस्तुति देखाउने भएका हुन् ।

गायक दासले कार्तिक १ गते शुक्रबार स्नूक्स क्याफे एण्ड पबमा विभिन्न प्रस्तुति दिएर धमाका मच्चाउने छन् ।

चितवनमा पछिल्लो समय धमाधम खुलेका पब तथा सांगीतिक रेष्टुरेण्टमा चर्चित कलाकारहरुले धमाका मच्चाउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्