क्रिकेटपछि हरभजन र इरफान पठान अब फिल्म खेल्दै

एजेन्सी– भारतका चर्चित क्रिकेट खेलाडी हुन हरभजन सिंह । उनले १०३ टेष्ट खेलमा ४१७ विकेट, १३६ एक दिवसीय खेलमा २६९ विकेट र २८ टी–२० मा २६ विकेट लिएका छन् ।
आफ्नो बेग्लै पहिचान बनाएका हरभजन अब भने एउटा नौलो भूमिकामा देखा पर्ने भएका छन् ।

उनीसँगै जोडिएका छन इरफान पठान । समाचार अनुसार, यी दुबै खेलाडी दक्षिण भारतको तमिल फिल्मबाट आफ्नो नयाँ परिचय बनाउन गइरहेका छन् ।

समाचार अनुसार, इरफान पठान बिक्रम नामक चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिनेछन् भने हरभजन सिंह चाहिँ चलचित्र डिक्लिलुनाबाट डेब्यू गर्ने भएका छन् ।

अजय नानामुथु निर्देशित चलचित्र बिक्रम ५८ मा इरफान पठान तमिल चलचित्रका चर्चित अभिनेता चियान बिक्रमसँग देखिनेछन् । चलचित्रको नाम अहिले बिक्रम ५८ राखिएको छ । तर यो परिवर्तन हुनसक्ने निर्माताले जनाएका छन् ।

हरभजन सिंह अभिनित चलचित्र भने कार्तिक योगीले निर्देशन गर्दैछन् । हरभजनसिंहले ट्विटरमार्फत यसको जानकारी दिएका छन् । उनले निर्माता टीमलाई धन्यवाद दिएका छन् ।

टेष्ट खेलमा हेट्रिक लिने यी बलर मात्र नभएर यसअघि पूर्व खेलाडी सुनिल गवास्करले पनि मराठी चलचित्रमा अभिनय गरेका थिए ।

कमेन्ट गर्नुहोस्