अफगानिस्तान विरुद्धको सिरिजका लागि वेष्ट इन्डिजद्वारा टिम घोषणा

काठमाडौं– अफगानिस्तान विरुद्धको टी–२०, वानडे र टेष्ट सिरिजका लागि वेस्ट इन्डिजले टिम घोषणा गरेको छ ।

आउँदो नोभेम्बरमा भारतको नागपुरमा हुने सिरिजका लागि वेष्ट इन्डिजले टिम घोषणा गरेको हो । अफगानिस्तान र वेष्ट इन्डिज विरुद्धको सिरिज ५ नोभेम्भरदेखि सुरु हुनेछ ।

केही दिनअघि मात्रै सकिएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका हेडेन वाल्श जुनियर र ब्रेण्डन किग्सले वेस्टइन्डिजको टिममा मौका पाएका छन् ।

टेष्ट सिरिजका लागि टिमः जसन होल्डर (कप्तान), कागिसो ब्रार्थवेट, जोन क्याम्पबेल, शाई होप, शिमरोन हिटमायर, रोस्टन जेस, जोमेल वारिकान, शेन डोरीच, रहकीम कर्नवाल, केमार रोच, सहम्राह ब्रूक्स, सुनील अम्ब्रिस, अल्जारी जोसेफ र किपो पउल ।

टी–२० सिरिजका लागि टिमः किरण पोलार्ड (कप्तान), निकोलस पूरन, एविन लुइस, शिमरोन हिटमायर शेरफान रुदरफोर्ड, ब्राण्डन किग्स, फाबियन एलेन, जसन होल्डर, हेडेन वाल्श जूनियर, लेंडी सिमोन्स, खरी पिएरे, शेल्डन कोट्रेल, दिनेश रामदीन, केस्रिक विलियाँस र अल्जारी जोसेप ।

एकदिवसीय टिमः किरन पोलार्ड (कप्तान), शाइ होप, एविन लुइस, शिमरन हिटमायर, सुनिल एम्ब्रिस, निकोलस पूरन, ब्राण्डन किंग, रोस्टन चेज, जसन होल्डर, हेडेन वाल्श जूनियर, खरी पिएरे, शेल्डन कोट्रेल, कीमो पउल, अल्जारी जोसेप र रोमारियो शेफार्ड ।

कमेन्ट गर्नुहोस्