अवार्ड दिलाउने भन्दै गायिकालाई ‘सेक्स प्रस्ताव’ राख्ने बुढामगर निलम्बित

काठमाडौ‌– कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ले कलाकार संघ यूएसएका वर्तमान अध्यक्ष तथा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का आयोजक संस्थाका महासचिव सुमन बुढामगरले आफूलाई पटक–पटक इमोसनल ब्लकमेलिङ गर्दै सेक्सुअल हर्यास्टमेन्ट गरेको आरोप लगाएकी छन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै यस्तो आरोप लगाएकी हुन् ।

बुढामगरले अनेक थरी प्रलोभन देखाउँदै हेलिकोप्टरमा मनाङ र पोखराका होटेलहरुमा बस्नको लागि समेत दवाव दिएको उनले बताएकी छन् ।

अमेरिकामा आयोजना हुने भनिएको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ का महासचिव समेत रहेका बुढामगरले ‘टप थ्री’ मा पार्ने प्रलोभनमा विभिन्न प्रस्ताव गरेको उनको स्टाटसमा उल्लेख छ ।

Posted by Jennifer Pinasha on Tuesday, October 15, 2019

बुढामगर निलम्बित

कलाकार शेर्पाको लामो स्टाटस बाहिर आएपछि ‘वर्ल्र्ड नेपाल म्युजिक अवार्ड २०१९’को आयोजना वल्र्ड कनेक्सन युएसए इन्सले एक विज्ञप्ती जारी गर्दै बुढामगरलाई अवार्ड आयोजक समितिबाट निलम्बित गरेको जनाएको छ ।

‘अवार्डसँग जोडिएर लागेको आरोपको विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको कारण बुढालाई निर्दोष सावित नभएसम्मका लागि निलम्बित गरिएको छ,’ वल्र्ड कनेक्सनको विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्