अनुमतिबिना कुनै पनि कार्यक्रम नगर्नूः नेपाली दूतावास कतार

दोहा– कतार स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली नागरिक लाई स्थानीय प्रशासनको अनुमति बिना कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै दूतावासले केहि दिन अघि कतारमा स्थानीय निकाएको अनुमति बिना कतार सरकारको कानून र प्रचलनलाई असर पार्ने खालका भेला बैठक र चन्दा सङ्कलनको काम भएको भन्दै सरकारले त्यसको लिखित ध्यानाकर्षण जनाएपछि त्यस्ता कार्य नगर्न सचेत गराएको हो।

दूतावासद्वारा जारी सूचनामा कतारमा कार्यरत नेपालीलाई कुनै पनि भेला, बैठक साँस्कृतिक वा धार्मिक कार्यक्रम गर्नुअघि त्यहाँको स्थानीय निकायसँग अनुमति लिएर बैधानिक रूपमा मात्रै कार्यक्रम गर्न उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्