मेस्सीले फेरि पाए गोल्डेन बुट

स्टार फुटबलर लियोनल मेस्सीले ‘गोल्डेन बुट’ पाएका छन् ।

बार्सिलोनाका स्टार मेस्सीले २०१८–२०१९ को सिजनमा सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ पाएका हुन् ।

मेस्सीले २०१८–२०१९ सिजनमा ३६ गोल गरिसकेका छन् ।

फुटबलको इतिहासमा ६ पटक ‘गोल्डेन बुट’ प्राप्त गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।

लगातार ३ पटक ‘गोल्डेन बुट’ जित्ने पनि मेस्सी पहिलो खेलाडी हुन् ।

मेस्सीको प्रतिद्धन्द्धी युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले ४ पटक गोल्डेन बुट जितेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्