सानिमा बैंकको साधारणसभाबाट १० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश पारित

काठमाडौंः सानिमा बैंकको बुधबार बसेको १५ औं साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

यसअघि ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस बापत ८० करोड १ लाख रुपैयाँ थपिएपछि ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ भएको छ।

गत आर्थिक वर्षमा २ अर्ब २६ करोड खुद मुनाफा, बैंकको कुल सम्पत्ति १ खर्ब ९ अर्ब, कुल निक्षेप ९२ अर्ब २८ करोड र खुद कर्जा ८३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

आर्थिक वर्षमा २०७४/७५को तुलनामा गत आवको खुद मुनाफा ३३.०२, निक्षेप १६.५४, कर्जा सापटी २०.५० र कुल सम्पत्ति १८.७८ प्रतिशतले वृद्धि गरेको बैंकले बताएको छ।

कमेन्ट गर्नुहोस्