बालुवा ठगीको आरोपमा गुण्डा नाइके ‘बाघे’ पक्राउ

काठमाडौंः गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । मात्रा नर्पुयाई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  विप्लवको ईञ्चार्ज भन्दै बम पड्काउने र ज्यान मार्ने धम्की, कार्यालय प्रमुखबाट लाखौं असुली

उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान अगाडि बढाइएको अपराध महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्