कश्मीरमा फेरि भिडन्त, ९ जना मारिए

श्रीनगर– कश्मीरको सीमाक्षेत्रमा तैनाथ सुरक्षा फौजको आक्रमणमा ९ जनाको ज्यान गएको छ ।

भारत र पाकिस्तानी फौजले हमलाको आरोप एकअर्कालाई लगाएको अरब न्युजले जनाएको छ ।

आक्रमण कसले गरेको पहिचान खुल्न सकेको छैन । घटनामा दुई सुरक्षाकर्मी र सात स्थानीय नागरिक मारिएका हुन् । अरु तीनजना घाइते छन् ।

याे पनि पढ्नुस  कश्मीर विवादः ईदको बेला कश्मीरमा फेरि कडिकडाउ

आइतबार नै घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । भारत सरकारले कश्मीरको स्वायत्तता खोसेपछि नै यहाँको जनजीवन सामान्य बन्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्