नक्कली नोट छाप्दाछाप्दै तीन जना पक्राउ !

काठमाडौंः काठमाडौंको बौद्धमा नक्कली नोट छाप्दाछाप्दै तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दोलखा मेलुङका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली छन् ।

बौद्ध नयाँबस्तीवाट नक्कली नोट बनाउन प्रयोग गरिएको फोटोकपी मेशिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको बौद्ध प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथवाट ३४ हजार नक्कली नोट समेत बरामद गरेको छ । उनीहरुले केही समयदेखि नक्कली नोट बनाएर बजारमा र्पुयाउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  भारतीय नक्कली नोटसहित दुई पक्राउ

एक प्रहरी अधिकारीका अनुसार अहिलेसम्म उनीहरुले साठी हजार बराबरका नोट बजारमा पुर्याइसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले थप अनुसन्धान भैरहेकाले विस्तृत रुपमा पछि सार्वजनिक गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्