युट्युबबाट गीत हटाएर रिहा भए दुर्गेश, मागे माफि

काठमाडौंः मोडल तथा गायक दुर्गेश थापाले युट्युबबाट गीत हटाएर रिहा भएका छन् । युट्युबबाट गीत हटाएपछि प्रहरीले दुर्गेशलाई रिहा गरेको हो ।

तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए ।

दुर्गेशले आफूले निकालेको गीतमा अञ्जानबस नशालु पदार्थ गाँजा खान प्रोत्साहन गर्ने शब्द परेको भन्दै माफि मागेका छन् । उनले सामाजिक सद्भाव र सांस्कृतिक विचलन ल्याउन गीतले सहयोग गरेको भन्ने सरोकारवालाको चासो र चिन्तालाई मनन गर्दै गीत युट्युबबाट हटाएको पनि जनाएका छन् ।

साथै दुर्गेशले आउँदो दिनमा सामाजिक, सांस्कृतिक सद्भाव खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रसारण नगर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: