जिल्ला शिक्षा अधिकारीसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं– जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसहित ६ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल, लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमन प्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर बसन्त निधि र सवइन्जिनियर दिलिपकुमार जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बाराको बारागढी गाँउपालिका वडा नं ३ नयकाटोल, साविक खोपवा गाविस ८ को जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई भौतिक निर्माण उनीहरुले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

पोखरेलसमेतले आफूलाई प्राप्त पदीय अधिकार र दायित्व जिम्मेवारी पूर्ण तरिकाले पालन नगरेको, विद्यालय भवन निर्माण नहुँदै नापी किताव र कार्य सम्पन्न प्रतिवेदन विना नै निर्माणस्थलमा भए गरेको कार्यभन्दा एक लाख ३९ हजार भुक्तानी गरी नेपाल सरकारको रकम हिनामिना गरेको पुष्टि भएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको मागदाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्