पाँच किलो चरेससहित एक महिला पक्राउ

रुकुमः रुकुमपूर्वमा पाँच किलो चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १२ को क्युबाङबाट २७ वर्षीय शीला सुनारलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चरेस लिएर पुथा उत्तरगंगाको गर्खानीबाट क्युवाङतर्फ जाँदै गर्दा सुनारलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । भौगोलीक विकट्ताका कारण सदरमुकाम रुकुमकोट पुर्याउन ढिला भएकाले उनको भनाइ छ ।

पक्राउ परेकी सुनारविरुद्ध लागूऔषध ओसारपसार विरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक सुनारले बताए ।

कमेन्ट गर्नुहोस्