‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरे ‘सांसद’ आलमले

काठमाडौंः बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ पवरको सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले ‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरेका छन्।

१२ वर्षअघिको उक्त घटनाबारे इन्कारी बयान दिएपछि झूटो बोलेरनबोलेको पत्ता लगाउन मंगलबार प्रहरीले पोलिग्राफ टेस्ट गर्न खोजेको थियो।

याे पनि पढ्नुस  सांसद आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पहिलो संविधासभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति साविकको राजपुर फरहदवा गाविस ४ हाल राजपुर नगरपालिका ४ मा बम विस्फोट भएको थियो।

उक्त विस्फोटमा घाइते भएकालाई जलाएको आरोपमा आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गत असोज २४ गते पक्राउ गरेको हो।

याे पनि पढ्नुस  रौतहटमा बम विस्फोटः १८ दिनपछि मात्रै मुचुल्का उठाएको रहस्य सार्वजनिक

विस्फोटको घटना नभएको र आफूलाई प्रमाणबिना पक्राउ गरेको दाबी गर्दैै आलमले सरकारी वकिलको कार्यालयमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन्।

इन्कारी बयान दिएपछि पोलिग्राफ टेस्ट गर्न खोज्दा आलमले नमानेको प्रहरीले जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

 

कमेन्ट गर्नुहोस्