यस्तो छ आज सुनको मूल्य

काठमाडौंः बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ७० हजार ४ सय पुगेको सुन आज पनि त्यहीँ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि तेजावी सुन प्रतितोला त्यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको भाऊमा पनि आज कुनै घटबढ भएको छैन । बिहीबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्