३५ वर्षमा ५ सय बढी फिल्म, अनुपम खेरको सफलता–रहस्य

मुम्बई, बलिउड चलचित्र उद्योगमा आफ्नो विशिष्ट पहिचान बनाएका कलाकार हुन अनुपम खेर । अत्यन्तै गम्भीर भूमिकादेखि हास्यप्रधान भूमिकासम्म उनले आफ्नो कला प्रदर्शन गरेका छन् ।

हिन्दी भाषामा मात्रै नभएर अनुपम खेरले कैयन अंग्रेजी चलचित्रमा पनि अभिनय गरेका छन् । अनुपम खेरको नयाँ चलचित्र “होटल मुम्बई” केही समयपछि रिलिज हुन गइरहेको छ ।

यो उनको जीवनको ५ सय १ औं चलचित्र हो । “मेरो ५०१ औं चलचित्रले वास्तविक जीवनको हिरोलाई सेलेब्रेट गर्छ र मानवताको मूल्य सिकाउँछ ।” उनी भन्छन् ।  यो चलचित्रमा उनले हेमन्त ओबरायको भूमिका निर्वाह गरेका छन् । हेमन्त कुनै बेला मुम्बईको ताज होटलमा परिचित सेफ थिए । सन् २००८ को नोभेम्बर २६ का दिन भएको आतंककारी हमलामा उनले कैयन मानिसको ज्यान बचाउन ठूलो भूमिका खेलेका थिए ।

याे पनि पढ्नुस  बिहेअघि नै बच्चा जन्माउँदै यि बलिउड नायिका !

यो चलचित्र २००९ मा बनेको डकुमेन्ट्री चलचित्र सर्भाइविङ मुम्बईमा आधारित छ । अनुपम खेरले भने यो चलचित्रले आफ्नो जीवनको सबैभन्दा ठूलो पाठ सिकाएको बताएका छन् । चलचित्र उद्योगमा ३५ वर्ष निरन्तर सक्रिय छन् अनुपम खेर । “यो महान इण्डष्ट्रीमा मलाई काम गर्न थालेको ३५ वर्ष पुगेको छ । मेरो भाग्य नै भनौं, मैले शानदार फिल्म र त्यति नै शानदार प्रतिभाहरुसँग काम गरेको छु ।”

याे पनि पढ्नुस  बुधबारदेखि बलिउडमा महा-भीडन्त, कसले मार्ला बाजी?

कति चलचित्र खेले भन्ने कुरा कुशल कलाकारको दिमागमा कहिल्यै नआउने बरु हरेकपटक केही नयाँ गर्न खोज्ने चाहना हुने उनले बताए । सन् १९५५ को मार्च ७ तारिखमा जन्मेका अनुपम खेर कुनै बेला फिल्म सर्टिफिकेसन बोर्ड र भारतीय फिल्म तथा टेलिभिजन इन्स्च्यिूटका अध्यक्ष समेत बने ।

याे पनि पढ्नुस  यी हुन् बलिउडका सर्वाधिक गोरी ८ अभिनेत्री

उनले दुईपटक राष्ट्रिय फिल्म अवार्ड र ८ चोटी फिल्मफेयर अवार्ड पाएका छन् । सारांश चलचित्रको उनको शुरुआती उत्कृष्ट भूमिका भएको चलचित्र मानिन्छ ।

कमेन्ट गर्नुहोस्