सुर्खेतमा पञ्चेबाजासहित उपराष्ट्रपति पुुनको स्वागत

सुर्खेतः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताएका छन् ।

सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको आज अवलोकन गर्दै उहाँले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताएका हुन् ।

उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेविहारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने धारणा खे । “सिंजाको महत्वबारे विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीभाषीलाई बुझाउन जरुरी छ, सिंजा क्षेत्रले जति महत्व पाउनुपर्ने पर्ने त्यति पाएको छैन”, उनले भने, “कम्तीमा कर्णालीका मुख्य गन्तव्यस्थल रारा, सिंजा र काँक्रेविहारलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नसके भविष्यमा उचित लाभ पाउन सक्छौँ ।”

याे पनि पढ्नुस  ३ वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

उनले संसारको जुनसुकै कुनामा बसोबास गर्ने नेपालीभाषी भए पनि कम्तीमा एकपटक आफ्नो भाषाको उत्पत्तिस्थल सिञ्जा क्षेत्रको भ्रमण गराउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनसँगै कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले काँक्रेविहार र बुलबुले उद्यान क्षेत्रको अवलोकन गरेका थिए । काँक्रेविहारमा वीरेन्द्रनगर नगरपालिकाले पञ्चेबाजासहित उपराष्ट्रपतिको स्वागत गरेको थियो । नगर उपप्रमुख मोहनमाया ढकाल, वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको विकासको अवस्था र ऐतिहासिक पक्षका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  कोरोना भाइरसका कारण उपराष्ट्रपति पुनका सार्वजनिक कार्यक्रम स्थगित

उपराष्ट्रपति पुनले शुक्रबार सिंजा महोत्सवको उद्घाटन र हुम्लामा एक विद्यालयको शिलान्यास गर्ने कार्यक्रम छ । यसैबीच, उनले आज वीरेन्द्रनगर खजुरास्थित एक निजी अस्पतालको उद्घाटन गर्ने कार्यक्रमको तयारी भए पनि अन्तिम समयमा रद्द गरे । अस्पताल सञ्चालनको पूर्वाधार नपुगेको सूचनाका आधारमा उद्घाटन समारोहमा सहभागी नभएको उपराष्ट्रपतिको सचिवालयले जनायो ।

कमेन्ट गर्नुहोस्