तिहारमा फूलको मालाको पनि बजार मूल्य अनुगमन गरिने

काठमाडौंः तिहारमा फूलको माला, मिठाइ र जङ्क फुडको बजार मूल्य मात्र अनुगमन गरिने भएको छ। बिहीबार राजधानीको कालीमाटी, बालाजु औद्योगिक क्षेत्रमा फूलको माला र प्याकेटमा राखिएको खानेकुराको बजार अनुगमन गरेको वाणिज्य तथा आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ ।

बजारमा मिठाइ, काजु र किसमिसको मूल्य अनुगमन गरिरहेको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका अधिकृत दिपक पोख्रेलले बताए। बजार अनुगमन गर्दा सबै खाद्य सामग्रीमा र जङक फुडमा मूल्य सूची टाँसेर बिक्री वितरण गरिरहेको पाइएको उनले जानकारी दिए। उनका अनुसार धैरै जसो पसलले मूल्य सूची टाँसेका छन्। मूल्य सूची नराखेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गराइने ऐनमा व्यवस्था रहेको छ । गुणस्तरहीन सामग्री बजारमा पाइने हल्ला भएकोले पनि अनुगमन तीव्र रुपमा बढाइरहेको उनले बताए। चाडपर्वमा बढी गुणस्तरहिन र मूल्यमा हेरफेर गरेर बिक्री गर्ने भएकोले वाणिज्य विभागले अनुगमन गरिरहेको उनले बताए।

कमेन्ट गर्नुहोस्