नेपालमा व्यवसाय गर्ने वातावरणमा थप सुधार गर्नु आवश्यक छः अर्थमन्त्री खतिवडा

काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा व्यवसाय गर्ने वातावरणमा थप सुधार गर्नु आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विश्व बैकद्धारा शुक्रवार काठमाडौँमा आयोजित नेपालको डुइडं विजनेस रिर्फम विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री डा. खतिवडाले नेपालमा व्यवसाय गर्ने वातावरण आगामी बर्ष थप सुधार गरी ८० अंकमा पुर्याउने गरी थप मेहनत गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।

अर्थमन्त्री खतिवडाले यो बर्षको नेपालको व्यवसाय गर्ने वातावरणमा १६ अंकको सुधार भएर ११० बाट ९४ पुगेकोमा सन्तोष व्यक्त गर्दै सरकारका सबै निकायहरुको संयुक्त प्रयासमा आगामी दिनमा थप सुधारका काम अघि बढाउने बताए ।

नेपालमा लगानीको वातावरण तथा व्यवसाय गर्ने वातावरण निर्माणमा सरकारले विगत एक बर्षको अवधीमा थुप्रै काम गरेको उल्लेख गर्दै त्यसका लागि आवश्यक थुप्रै कानुनहरु समेत निर्माण भएको बताए ।

अर्थमन्त्री खतिवडाले आगामी बर्ष करको दोहोरोपना तथा कर प्रशासनमा हुने सबै खालका झण्झटहरु समाधान गरिने पनि प्रतिवद्धता व्यक्त गरे । सरकारले नेपालमा लगानी ल्याउन र कमाएको रकम लैजान पनि त्यतिकै सजिलो वातावरण तयार पार्ने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले व्यवसाय गर्ने लागत घटाउन र त्यसका लागि आवश्यक पूर्वाधारहरुको सुधारमा सरकारले विशेष ध्यान दिने पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगानाले निरन्तरको प्रयास र छलफलबाट यस बर्ष नेपालको व्यवसाय गर्ने वातावरणमा सुधार भएको भन्दै सुधारका लागि र लगानीको वातावरण बनाउन नेपालको नीजि क्षेत्रले पनि सरकारलाई आवश्यक सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी भित्रयाउने वातावरण र श्रम सम्बन्धमा थुप्रै सुधार भएको तर अझै पनि व्यवसाय गर्ने लगात बढी भएकोले त्यसलाई घटाउन र उद्योगलाई चाहिने दक्ष कामदार सहज वातावरण बनाउन सरकारले प्रयास अघि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालका लागि विश्व बैकका देशीय प्रवन्धक फेरिस हदाद जेरभोसले व्यवसाय गर्ने वातावरणमा नेपालले १६ अंकको सुधार गरेकोमा विश्व बैकलाई पनि सन्तोष लागेको भन्दै नेपालमा लगानीको वातावरण बनाउन र लगानी भित्र्याउन अझै पनि थुप्रै चुनौतीहरु रहेकोले नेपालले थप मेहनत गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव महेश भट्टराईले नेपालमा व्यवसाय गर्ने वातावरण, त्यसको सुधार, प्राप्त नतिजा तथा चुनौती र संभावनाका वारेमा उल्लेख गर्दै नेपालको व्यवसाय गर्ने वातावरण दक्षिण एक्षिण एशियाली मुलुकहरुको तुलनामा साह्रै राम्रो रहेको बताए ।

कमेन्ट गर्नुहोस्