तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्ः कुलमान

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा चाहे जति बिजुली खपत गर्न आग्रह गरेका छन् ।

उनले तिहारमा बत्ती जान नदिनका लागि सम्पूर्ण सजकता अपनाइएकोले चाहे जति बिजुली खपत गर्नु आग्रह गरेका हुन् । ‘तिहारमा बत्ती जाँदैन,’ उनले भने, ‘चाहे जति बिजुली खपत गर्नुस्।’

उनले भने, ‘कुनै समय १८ घण्टासम्म पनि लोडसेडिङको मारमा परेका नेपालीहरू परेका थिए । तीन वर्षदेखि तिहारमा त्यो समस्या छैन । यो वर्ष पनि लोडसेडिङ हुँदैन ।’

कमेन्ट गर्नुहोस्