५ तले होटलको छतबाट खसेर युवकको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा ५ तले होटलको छतबाट खसेर एक जनाको ज्यान गएको छ ।

महेन्द्रनगरको पुष्पाञ्जली होटलको पाचौँ तलाबाट खसेर भीमदत्त नगरपालिका–४ भासीका २२ वर्षीय अजय चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार साथीहरुसँग मदिरा खाएका चौधरीको पाँच तलाबाट खसेर सोमबार साँझ मृत्यु भएको हो।

याे पनि पढ्नुस  कञ्चनपुरमा भेटियो दुर्लभ राजधनेश चरा

उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्