काठमाडौं उपत्यकामा ७११ सवारी कारबाहीमा, २५ सवारी दुर्घटना

काठमाडौंः सोमबार काठमाडौं उपत्यकामा ७ सय ११ सवारी ट्राफीक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार सबैभन्दा बढी मादक पदार्थ ९मापसे० गर्ने सवारी चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार १ सय ४६ सवारी चालक मापसे कारबाहीमा परेका हुन्। यस्तै जेब्राक्रसमाथि सवारी रोक्ने २, लेन मिच्‍ने ३, फुटपाथ पार्किङ गर्ने ३ सवारीलाई पनि कारबाही गरिएको छ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमितको संख्या १५४ पुग्यो, कहाँ छन् संक्रमित ?

ट्राफिक प्रहरीले अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ५८ सवारी चालकलाई पनि कारबाही गरेको छ।

यस्तै सोमबार उपत्यकामा २५ सवारी दुर्घटना भए। ति दुर्घटनामा परी २५ जना घाइते भएकोमा २३ को अवस्था सामान्य छ भने २ जना गम्भीर घाइते भएका छन्। यो समाचार नेपाल न्यूजबाट लिइएको हो ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमितको संख्या ८७ पुग्यो

कमेन्ट गर्नुहोस्