काठमाडौंः दाजुभाइ एवं दिदीबहिनी नहुनेहररूले आज (मंगलबार) काठमाडौंको रानीपोखरीमा गएर भाइटीका मनाउँदै छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाइएको छ।
२०७२ सालको भूकम्पले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्किएको र पुनःनिर्माण भइनसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाउने व्यवस्था मिलाइएको हो।
रानीपोखरीमा आज बिहान ७ बजेदेखि साँझ साढे ७ बजेसम्म भाइटीकाका लागि खुला गरिएको प्राधिकरणले जनाएको छ। यो समाचार आजको नेपाल खबरबाट लिइएको हो ।