कस्तो रह्यो अनमोलको भाइटीका?

काठमाडौंः नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले बहिनी प्रान्सु केसीसँग भाइटीका लगाएका छन् ।

गतबर्ष अनमोलले दिदी काजोलको साथमा बहिनीद्धय रुवि र प्रान्सु केसीसँग भाइटीका लगाएका थिए ।

तर, यसपटक भने उनले बहिनी प्रान्सुसँग मात्र टीका लगाएका छन् । यस्तै, नायक भूवन केसीले पनि भाइटीका लगाएका छन् ।

अनमोलले तिहार आफ्नो लागि सधै नै विशेष पर्वको रुपमा रहेको भन्दै दिदी–बहिनीले दिएको आशिष दाजुभाइलाई सधै नै लाग्ने गरेको बताए ।

उनले बहिनीसँग टिका लगाउँदा खुशी लागेको भन्दै भाइटीका यसपटक पनि विशेष भएको सुनाए ।
नायक केसी तिहार लगतै नयाँ चलचित्र ‘धुपौरे’को छायांकनमा व्यस्त हुने छन् ।

कमेन्ट गर्नुहोस्