भारत प्रशासित कश्मीरमा चरमपन्थिको आक्रमणमा ५ जनाको मृत्यु

काठमाडौंः भारत प्रशासित कश्मीरमा पाँचजनाको हत्या भएको छ । कुलगाम जिल्लाको कातरसू गाउँमा मंगलबार चरमपन्थीले स्थानीय पाँचजनाको हत्या गरेको कश्मीर प्रहरीले जानकारी दिएको छ ।

जम्मू–कश्मीर प्रहरीले ट्वीट गरेर यस सम्बन्धी जानकारी दिएको हो । मंगलबार राति ९ बजेतिर गाउँलेको हत्या भएको जनाइएको छ । प्रहरीले अहिले घटनास्थलमा रहेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

याे पनि पढ्नुस  कश्मीरबारे पहिलाेपटक सरकारकाे प्रतिक्रिया: वार्ताबाट समस्या समाधान गर्न अपील

जम्मू–कश्मीरको अवस्थाबारे जानकारी लिन युरोपियन सांसदहरुको समूह स्थलगत निरीक्षणका लागि रहेका बेला यो घटना भएको हो । मारिएका सबै स्थानीय मजदूर रहेको र उनीहरुलाई चरमपन्थीले घरमै पसेर मारेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्