साँढेले चार तोला सुन निलेपछि…

भारतः हरियाणामा एउटा साँढेले ‘चार तोला सुन’ खाएको स्थानीयले दाबी गरेका छन् । हरियाणाको सिरसा गाउँमा साँढेले फोहरले भरिएको एउटा कचौरामा राखिएको चार तोला सुनको गहना खाएको हो ।

त्यो सुनको गहना त्यहाँका स्थानीय जनकराजकी श्रीमतीको हो । उनले भने ‘श्रीमतीले कचौरामा त्यो गहना राखेकी थिइन् । त्यसैमा तरकारी काटिएको थियो । त्यहाँ गहना छ भन्ने बिर्सिएछ अनि त्यसलाई फोहोरमा फालियो ।’

त्यही तरकारीको बोक्राहरुसँग साँढेले उक्त सुनको गहना निलेको बताइएको छ । सिसीटिभी क्यामेराको माध्यमबाट परिवारले यो कुरा पत्ता लगाएको थियो ।

पशु चिकित्सकलाई बोलाएर परिवारले उक्त साँढेलाई खुल्ला ठाउँमा बाँधेर राखेका छन् । साँढेलाई उनीहरुले खानेकुरा खुवाइरहेका छन् र साँढेको गोबरमा उक्त सुनको गहना आउने आशा गरिरहेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्