अमेरिकी सेनाद्धारा आइएस प्रमुख बग्दादी मारिएको भिडियो फुटेज सार्वजनिक

एजेन्सी । अमेरिकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बक्र अल–बग्दादी मारिएको सैन्य अभियानको पहिलो फुटेज सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको भिडियो फुटेजमा अमेरिकी सैनिकले इस्लामिक लडाकुसँग भीषण लडाईँ गरिरहेको तथा बग्दादी रहेको भवनको कम्पाउण्ड तर्फ अघि बढिरहेको देखिन्छ ।

अमेरिकी सैनिकले उत्तरी सिरियामा रहेको बग्दादीको अखडामा आक्रमण गरेपछि उनी सुरुङ्गमा प्रवेश गरेका थिए । सुरुङ्गमा बग्दादीलाई अमेरिकी सैनिकका कुकुरले लखेटेका थिए । त्यसपछि बग्दादीले आफैलाई बिस्फोट गराएका हुन् ।

 

कमेन्ट गर्नुहोस्