कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाण्डौंः काठमाण्डौको बल्खुमा कारको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ ।

बुधबार राति सवा ११ बजेतिर कंलकीतिरबाट आएको कारको ठक्करबाट ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवाको परिचय भने नखुलेको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भागेको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ । ठक्करपछि घाइते भएका युवाको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्