पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६५ जनाको मृत्यु

पाकिस्तान– पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तिमा पनि ६५ जनाको मृत्यु भएको छ भने केहि घाइते भएका छन् ।

समाचार एजेन्सीका अनुसार ‘तेज गाम एक्सप्रेस’ नाम गरेको रेलमा बिहीबार आगलागी भएको हो । कराँचीबाट रावलपिन्डी जाने क्रममा लियाकतमा उक्त रेलमा आगलागी भएको हो ।

अधिकारीहरुका अनुसार रेलको तीनवटा डिब्बामा आगो लागेको छ । आगलागीबाट करिब ४१ जना यात्रु घाइते भएको जनाईएको छ ।

रेलमा सवार यात्रीको एउटा समूहले ग्यास सिलिन्डर, चुलो लगायत खाना पकाउने सामान बोकेका थिए । उनीहरुकै ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको अनुमान गरिएको छ ।

घटनाप्रति प्रधानमन्त्री इमरान खानले उक्त दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन पनि प्रशासनलाई निर्देशन दिएका छन् ।

रेल मन्त्री शेख रशीदले दुर्घटनाको छानविन हुने बताएका छन् । रेलको बीमा गरिएको जानकारी दिँदै उनले बीमाबाट नै नोक्सानको क्षतिपूर्ति हुने बताए ।

कमेन्ट गर्नुहोस्