२५ जुवाडेलाई ७ दिन थुनामा राख्न अदालतले दियो अुनमति

काठमाडौंः महाराजगञ्जबाट शनिबार राति पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

जुवाडेविरुद्ध अनुसन्धानका लागि अदालतले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई थुनामा राख्न अनुमति दिएको हो ।

जुवा खेलिरहेका वेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित पक्राउ परेका अभियुक्तहरुले प्रहरीले आफूहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

याे पनि पढ्नुस  आगामी १ हप्तामा ५ हजार क्षमताको आइसोलेसन कक्ष

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा भाडाको कोठाभन्दा सस्तो लज!

यसैगरी पक्राउ पर्नेमा हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि रहेका छन् । पक्राउ परेका २५ जनामध्ये १४ जनालाई बिहीबार नै सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

कमेन्ट गर्नुहोस्