काठमाडौंः नेपालले बंगलादेशमा हुने इमर्जिङ एसिया कप खेल्ने मौका पाएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार इमर्जिङ टिम एसिया कप कात्तिक २८ देखि मंसिर ७ सम्म हुँदैछ ।
यसअघि प्रतियोगितामा यूएईको सहभागिता रहने भने पनि अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले स्थान पाएको हो । समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । भने समूह ‘बी’ मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेका छन् ।
एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिने छन्।
नेपालले आफ्नो पहिलो खेल भारतसँग कात्तिक २८ गते खेल्ने छ। दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम बंगालेशसँग मंसिर २ गते हुनेछ।