एमसीसी विरुद्धको सिरिजका लागि नेपाली टिमको घोषणा, को–कोले पाए मौका?

काठमाडौंः इंग्ल्याल्याण्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको क्रिकेट सिरिजका लागि नेपालले टिमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा तीनै फर्म्याटको लागि टिमको घोषणा गरेको हो ।

नेपालले टी–२० का लागि १५ सदस्सीय, एकदिवसीय र फस्ट क्लासको लागि १४–१४ सदस्सीय टिमको घोषणा गरेको छ ।

नेपालसँगको सिरिजका लागि एमसीसीको टिम भोलि नेपाल आउँदै छ । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आउन लागेको हो ।

नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

एमसिसीको भ्रमण तालिका

कात्तिक १८ गते– नेपाल यु–१९ भर्सेस एमसिसी (५० ओभर)
कात्तिक १९ गते– नेपाल भर्सेस एमसिसी (५० ओभर)
कात्तिक २१ देखि २३ सम्म– नेपाल भर्सेस एमसिसी (तीनदिवसीय– पहिलो श्रेणी)
कात्तिक २४ गते– नेपालको मिश्रित टिम भर्सेस एमसिसी (टी–१०)

टी–२० टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, अमित श्रेष्ठ, अभिनास बोहरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, नन्दन यादव, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी, सुशन भारी

५० ओभर टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विक्रम शोव, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, करण केसी, ललितनारायण राजवंशी, पारस खड्का, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

प्रथम श्रेणीको टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

प्रमुख प्रशिक्षक– उमेश पटवाल

सहायक प्रशिक्षक– मनोज कटवाल

व्यवस्थापक– सुमन कार्की

यस्तो छ एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिम– 

कमेन्ट गर्नुहोस्