पार्कर खेलाडी दिनेशलाई प्रचण्डको हातबाट गिनिज बुक रेडर्कको प्रमाणपत्र

काठमाडौंः नेपालका चर्चित पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक पार्कर विधामा किर्तिमान कायम गर्दै प्राप्त गरेको गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको हातबाट हस्तान्तरण गरिएको छ ।

बिहिबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले सुनारलाई प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा सुनार अमेरिकाज गट ट्यालेन्टमा सहभागी हुने जानकारी गराइएको छ । यो विश्वकै चर्चित कार्यक्रम हो । उनले पर्यटन प्रवद्र्धनमा समेत भूमिका खेल्ने जनाइयो ।

याे पनि पढ्नुस  नेकपाका अध्यक्ष प्रचण्ड परिवारसहित यूएई प्रस्थान

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सुनारको खुलेर प्रशंशा गरे । उनले देशको प्रतिष्ठा राख्ने युवाहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका पूर्व आइजीपी सनत बस्नेतलगायतको सहभागिता थियो ।

याे पनि पढ्नुस  सकियो ओली–प्रचण्ड भेट, के भयो सहमति ?

कमेन्ट गर्नुहोस्