निर्वाचन आचार–संहिता पालना गर्न सरकार प्रतिवद्ध छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौंः उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले निर्वाचन आचारसंहिताको पालना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी एवं आचार संहिताका सम्बन्धमा निर्वाचन आयोगले आज गरेको छलफल कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका लागि सबै आवश्यक सहयोग सरकारले उपलब्ध गराइने विश्वास व्यक्त गरे ।

याे पनि पढ्नुस  निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले बोलायो दलहरुलाई

छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले आयोगबाट जारी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाउनुका साथै आयोगलाई आचारसंहिता पालना गर्न गराउन गम्भिर हुन सुझाव दिनुभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका लागि भइरहेको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

याे पनि पढ्नुस  निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले बोलायो दलहरुलाई

कमेन्ट गर्नुहोस्